काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावको मौन अवधिमा सामाजिक सञ्जालमार्फत हुने प्रचारप्रसार रोक्ने काम गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
आयोगले मौन अवधिमा उम्मेदवार र उनीहरुका समर्थकहरुका पेजहरुमा फेसबुक, ट्विटर, टिकटकलगायत सामाजिक सञ्जालहरुमा बुष्ट गरिएका पोस्टहरु हुनसक्ने भन्दै अनुगमन गर्न प्राधिकरणलाई निर्देशन दिएको हो।




