प्रविधि

जुम्लाको हिमामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । टावरको हर्न चोरी भएको देखिन्छ ।

टेलिकमको जुम्ला कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्नमा क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौँबाट मगाइएको छ ।

हर्न काठमाडौँबाट नेपालगन्ज आइपुगेको र अब जहाजमा जुम्ला ल्याइने श्रेष्ठले बताए ।

निर्वाचनको समयमा टेलिफोन सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदानमा सकस भएको छ । टेलिफोन अवरुद्ध हुँदा सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलका स्थानीय नेताहरुले बताएका छन् ।

टेलिफोन सेवा नहुँदा दैनिक कामकाज गर्न समेत समस्या भएको स्थानीयको गुनासो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *