काठमाडौं । सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएको विरोधमा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले देशभर इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ ।
सञ्चार मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेको भन्दै सेवा प्रदायक संघले इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको हो ।
संघका अध्यक्ष सुधिर पराजुलीले विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने समेत चेतावनी दिएका छन् ।







