प्रविधि

टेलिकम प्रवन्ध निर्देशकका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि छनौट गर्न गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।

सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले सर्टलिष्टमा परेका ९ जनामध्येबाट टेलिकममा कार्यरत दुई जना सहित तीन वटा नाम सिफारिस गर्न लागेको हो ।

सिफारिस समितिको आज बसेको बैठकले संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिस गरेको दाबी गरिएको छ ।