प्रविधि

नेपाल टेलिकमको एमडी नियुक्तीको प्रक्रिया शुरु

काठमाडौं । नेपाल टेलिकमको एमडी नियुक्तीको प्रक्रिया अघि बढेको छ ।

प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धको मुद्दामा सर्वोच्चले बुधबार रिट खारेज गर्ने फैसला सुनाएपछि नियुक्ती प्रक्रिया अघि बढेको हो ।

सञ्चार मन्त्रालयले बिहिबार सूचना प्रकाशित गर्दै नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन दिएकाहरुको सूची सार्वजनिक गरेको छ ।

सूचीअनुसार एमडीका लागि अर्जुन बाबु ढकाल, अमलेन्दु नारायण सिंह, दीपक बहादुर शाही, नगेन्द्र कुमार दास, प्रदीप राज उपाध्याय, बुद्धि प्रसाद आचार्य, सुनिल पौडेल, सुरज सिंह थापा र संगीता पहाडी अर्यालको नाम समावेश छ ।

नयाँ प्रबन्ध निर्देशकका लागि आवेदन दिनेमा आचार्य नेपाल टेलिकमकै पूर्व प्रवन्ध निर्देशक हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *