काठमाडौं । गृह मन्त्रालयले भ्रमपुर्ण भिडियो बनाएर युट्युव, टिकटक र फेसबुकमा शेयर गर्नेहरुलाई विद्युतिय अपराध ऐनअन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र अनुसन्धान विभागका तस्विर भिडियोहरुलाई दुरुपयोग गरेर सामाजिक सञ्जालमा भ्रमपुर्ण प्रचार गर्ने प्रयोगकर्ताहरुलाई मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको हो ।
यसअघि प्रेस काउन्सील नेपालले १६ वटा युट्यव च्यानलले भ्रमपुर्ण भिडियो प्रशारण गरेको भन्दै कारबाही गर्न नेपाल प्रहरीको साइवर व्यूरोलाई पत्राचार गरेको हो । शुक्रबार नेपाल प्रहरीको साइबर व्यूरोले समेत युट्युवरहरुलाई कारबाहीको चेतावनी दिएको थियो ।





