प्रविधि

सरकारी वेबसाइट एकाएक किन भएन डाउन ?

काठमाडौं । सरकारी वेबसाइटहरु डाउन भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको डाटा सेन्टर भरिएका कारण त्यहाँ होस्ट गरिएका सबै सरकारी वेबसाइटहरु डाउन भएका हुन् ।

केन्द्रको डाटा सेन्टरको मेमोरी भरिँदा सबै वेबसाइट डाउन भएको जनाइएको छ । सरकारी वेबसाइटहरु होस्ट गरिएका साइटहरु डाउन भएपछि केन्द्रले भने समस्या समाधानको प्रयास गरिरहेको जनाएको छ ।

सरकारी वेबसाइटहरुको होस्ट गर्ने राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रको डाटा सेन्टर सिंहदरबारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *