काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाको शेयर बजारमा आएको उच्च गिरावटले फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैदिनमा २९ अर्ब डलर गुमाएका छन् ।
मेटाको स्टक बजारमा २६ प्रतिशतले गिरावट आएपछि एकैदिन २९ अर्ब गुमाएका हुन् । अमेरिकी शेयर बजार इतिहासमै पहिलो पटक र एकैदिनमा कुनै पनि अर्बपतिले यति धेरै रकम पहिलोपटक गुमाएका हुन् ।
फोब्र्सका अनुसार जुकरबर्गको सम्पत्ति ८५ बिलियन डलरमा खुम्चिएको छ । उता अमेजनका मालिक जेफ बेजोसले भने एकैदिनमा २० अर्ब डलर आम्दानी थपिएको छ ।




