काठमाडौं । फेसबुकको १८ वर्ष लामो इतिहासमै पहिलोपटक दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा कमी आएको छ ।
मेटाले गतवर्षको डिसेम्बरसम्ममा दैनिक फेसबुक प्रयोगकर्ताको संख्या घटेर १ अर्ब ९२ करोड र ९० लाखमा सीमित रहन पुगेको जनाएको छ । त्यसको तीन महिना अघिको संख्या १ अर्व ९३ करोड रहेको थियो ।
न्युयोर्कमा मेटाको सेयरको मूल्य पनि २० प्रतिशत भन्दा बढीले घटेको छ । कम्पनीको स्टक बजार मूल्यमा करिब २ सय अर्ब डलरले गिरेको विविसीले समाचार लेखेको छ ।




