प्रविधि

एनटीसीद्वारा कल महशुल समायोजन

काठमाडौं । नेपाल टेलिकमले एनटीसीबाट अर्को सेवाप्रदायकको मोबाइलमा फोन गर्दा लाग्ने शुल्क समायोजन गरेको छ ।

टेलिकमका अनुसार कम्पनीको ल्याण्डलाइन फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ १० पैसामात्र लाग्नेछ ।

जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ८ पैसा लाग्नेछ । त्यस्तै कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड मोवाइलबाट अर्को सेवा प्रदायकको नेटवर्कमा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम हुनेछ ।

यसका साथै कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा मेसेज पठाउँदा प्रतिमेसेज १ रुपैयाँ १० पैसा कायम हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *