काठमाडौं । फेसबुक मेसेन्जरबाट स्क्रिन सट लिए तुरुन्तै अर्को व्यक्तिमा पनि नोटिफिकेशन आउने भएको छ ।
मेटाले अहिलेको फेसबुक मेसेञ्जरमा केही परिवर्तन गर्दै मेसेन्जरको सुरक्षा प्रणालीलाई चुस्त बनाउन ‘एन्ड टु एन्ड इन्क्रिप्टेड’ बनाएको हो ।
फेसबुक मेसेन्जरमार्फत् अपराधिक गतिविधि हुन थालेपछि मेटाले नयाँ फिचर ल्याएको बताइएको छ ।




