प्रविधि

फाइभजीका कारण अमेरिकामा सयौं उडान प्रभावित हुने चेतावनी

काठमाडौं । अमेरिकाका मुख्य १० वटा यात्रु तथा कार्गो विमान कम्पनीहरुले फाइभजीका कारण उडान प्रभावित हुनसक्ने चेतावनी दिएका छन् ।

अमेरिकामा रहेका मुख्य दूरसञ्चार सेवा प्रदायकहरु एटीएन्डटी तथा भेरिजोनले जनवरी १९ देखि फाइभजी वायरलेस नेटवर्क विस्तार गर्ने तालिका बनाएको र त्यसका कारण जहाजको नेभिगेसन प्रभावित हुने विमान कम्पनीहरुको दाबी छ ।

एयरलाइन्स कम्पनीहरुले नयाँ सी–ब्याण्डको फाइभजी सेवा शुरु हुँदा त्यसको असर उडानमा पर्नसक्ने बताएका हुन् । विविसीका अनुसार उनीहरुले विमानस्थलको रनवेबाट कम्तिमा पनि साढे दुई माइल पर सिग्नल दिन आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *