काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणसहितका संस्थाहरुको कर्मचारी भर्ना तथा पदपूर्ति स्थगित भएको छ ।
लोकसेवा आयोगले सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएका विज्ञापनहरुको बारेमा अदालतले अन्तरिम आदेश जारी गरेसँगै पदपूर्ति हालको लागि रोकिएको जानकारी दिएको छ ।
आयोगले प्राधिकरणसहित नेपाल टेलिकम राष्ट्रिय बाणिज्य बैंक, नेपाल प्रहरी, नेपाल राष्ट्र बैंकका पदपूर्ति स्थगित गरेको हो ।




