काठमाडौं । चीनले ६ जी मोबाइल प्रविधिमा सफलता हासिल गरेको दाबी गरेको छ ।
साउथ चाइना मर्निङ पोस्टको समाचार अनुसार फाइभजीभन्दा १ सय गुणा छिटो इन्टरनेट चल्ने ६ जी प्रविधिमा सफलता हासिल गरेको जनाइएको छ । सन् २०१० मा फोरजी प्रविधि पत्ता लागेको थियो ।
नेपालमा भने ५ जी पनि शुरु हुन सकेको छैन । नेपाल टेलिकमसहितका सेवा प्रदायकहरुले ५ जी सेवा दिने घोषणा गरेको भएपनि देशका सबै स्थानमा अहिलेसम्म ४ जी को समेत पहुँच छैन ।




