काठमाडौं । प्रदेश नम्बर १ र २ मा नेपाल टेलिकमको सेवा राती करिब ३ घण्टा अवरुद्ध हुने भएको छ ।
सिस्टम मर्मतको लागि राति ९ बजेदेखि ३ घण्टासम्म सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
कम्पनीको सिस्टम मर्मत सम्भारको काम गर्न भन्दै सेवा अवरुद्ध हुने एनटीसीले जनाएको छ । टेलिफोनमा समस्या भएपनि इन्टरनेट लगायतका अन्य सेवाहरु भने सञ्चालनमा हुने टेलिकमले जनाएको छ ।





