प्रविधि

प्राविधिक सहसचिवको खुला प्रतिस्पर्धामा गौरव गिरी बढुवा

काठमाडौं । नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन समूहको सहसचिव पदका लागि भएको खुला प्रतिस्पर्धामा गौरव गिरीले नाम निकाल्न सफल भएका छन् ।

लामो समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उपसचिव रहेका गिरीले लिखित र अन्तर्वार्ता दुवै प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको लोकसेवा आयोगले जनाएको छ ।

महालक्ष्मी नगरपालिका–५ लतिलपुरका गिरीको सहसचिव दरबन्दी सन्चार मन्त्रालयमा रहेकाले उनको सोही मन्त्रालयमा पदस्थापन हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *