समाचार

पहिलो ई–पासपोर्ट शताब्दी पुरुष जोशीलाई

काठमाडौं ।राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो साधारण ई–पासपोर्ट दिइएको छ। राहदानी विभागमा बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले जोशीलाई पासपोर्ट हस्तान्तरण गरे।

जोशीले आफूलाई पहिलो इ–पासपोर्ट पाउँदा निकै खुशी लागेको बताए। यो पासपोर्टले नेपालको पहिचान बोक्ने भएकाले निकै महत्वपूर्ण रहेको भन्दै जोशीले सरकारलाई सफलताको शुभकामना पनि व्यक्त गरे।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले ई–पासपोर्ट अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राहीलाई लाइन बस्ने झन्झट नहुने बताए।

हस्तलिखित हुँदै मेशिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको विभागले अब एमआरपी पनि विस्तारै विस्थापित गर्ने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *