काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४८.९० प्रतिशत बढेर २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष २.७१ प्रतिशत बढेर ८३ अर्ब ८२ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष ८१ अर्ब ६० करोड ६९ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बिक्री आम्दानी १३.२० प्रतिशत बढेर ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीको कुल आम्दानी ८.३९ प्रतिशत बढेर १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० रुपैयाँ ४७ पैसा रहेको थियो । चालु आवको सोही अवधिमा प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७९ पैसा बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.९६ गुणा रहेको छ ।
असोज मसान्तसम्म कम्पनीको सञ्चालन मुनाफा १३.२ प्रतिशत बढेर ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।




