प्रविधि

फेसबुकले फेरि बन्द गर्‍यो तसलिमा नसरिनको एकाउन्ट

एजेन्सी । बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छिन् । फेसबुकले फेरि सात दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन्।

‘सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई सात दिन प्रतिबन्ध लगाएको छ,’ उनले ट्विटरमा लेखेकी छिन् । नसरिनलाई फेसबुकले यसअघि पनि प्रतिबन्ध लगाएको थियो ।

यसै वर्षको १६ मार्चमा फेसबुकले नसरिनको एकाउन्ट २४ घन्टाका लागि बन्द गरिदिएको थियो ।

उनले १७ मार्चमा बंगलादेश सरकारले आफ्ना किताबमाथि प्रतिबन्ध लगाएको बताएकी थिइन् । ‘सरकारले मेरा पुस्तकमाथि प्रतिबन्ध लगायो । जिहादीले मेरा किताब जलाएर बिक्रेतालाई नबेच्न धम्की दिए । मेरा धारणा व्यक्त गर्र्ने एउटा मात्र मञ्च ह्यासट्यागएफबी भएको छ ।’ उनले त्यतिबेला भनेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *