प्रविधि

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘विन्डोज–११’

काठमाडौं । माइक्रोसफ्टले विन्डोज–११ सार्वजनिक गरेको छ ।

विन्डोज–१० प्रयोगमा आएको ६ वर्षपछि मंगलबार कम्पनीले विन्डोजको नयाँ संस्करण सार्वजनिक गरेको हो । विन्डोजको नयाँ संस्करण सबैले भने प्रयोग गर्न नपाउने जनाइएको छ । विन्डोज–१० प्रयोग गरिरहेका प्रयोकर्ताहरुले तत्कालै प्रयोग गर्न पाउने भएपनि अन्यलाई भने सन् २०२२ को मध्यतिर मात्रै प्रयोग गर्न पाउने अपेक्षा गरिएको छ ।

विन्डोज–११ प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने सूचना भने माइक्रोसफ्टले नै जानकारी गराउने व्यवस्था मिलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *