काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र म्यासेञ्जर डाउन भएको छ ।
सोमबार बेलुका सवा ९ बजेदेखि फेसबुकसहितका सञ्जालहरु विश्वभर बन्द भएको हो । के कारणले सामाजिक सञ्जालमा समस्या आयो भनेर खुलेको छैन ।
तर विश्वभर नै फेसबुक ढाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।




