प्रविधि

विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि दुरसञ्चारको आपत्ती

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेकोप्रति आपत्ती जनाएको छ ।

पोलको भाडा नदिएको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि दूरसञ्चार प्राधिकरण धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै आपत्ति जनाएको हो ।

अत्यावश्यक सेवा अवरुद्ध पारिएको भन्दै विद्युत प्राधिकरणलाई कानूनी कारबाही हुनसक्ने चेतावनी समेत दुरसञ्चार प्राधिकरणले दिएको छ । ‘दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ, यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरण दुःख व्यक्त गर्दछ ।’ दुरसञ्चार प्राधिकरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा इन्टरनेट सेवाको तार काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध हुन पुगेको समेत जनाइएको छ ।

विज्ञप्तीका लागि यहाँ क्लीक गर्नुहोस्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *