प्रविधि

चरित्र हत्या गर्ने सामग्री राखेको आरोपमा ४ युट्युवर पक्राउ

काठमाडौं । चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ४ युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइवर व्यूरोले महिलाहरूको चरित्र हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवाकोटका २७ वर्षीय शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङकी पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखाका २४ वर्षीय रोधन तामाङ रहेका छन् ।

चारजनालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *