काठमाडौं । झण्ढै एक हजार दिन पहिला क्यानडामा पक्राउ परेर शनिबार रिहा भएकी हुवावे टेक्नोलोजीकी सिएफओलाई चीनमा भव्य स्वागत गरिएको छ ।
अमेरिकी वारेन्टका कारण पक्राउ परेकी मेङ वान्जाउलाई अदालतले दोषी ठहर नगरेपछि शुक्रबार क्यानडाले रिहा गरेको थियो । रिहा भएकी उनी चिनमा पुग्दा भव्य स्वागत गरिएको हो ।
अमेरिकी प्रतिवन्धका बिचमा इरानमा प्रविधी बिक्रि गरेको आरोपमा अमेरिकी अदालतले वारेनट जारी गरेको थियो । उनलाई सन् २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ गरिएको थियो । त्यसको बदलामा चीनले दुई क्यानडेली नागरिकलाई समेत पक्राउ गरेको थियो ।




