प्रविधि

एसईई दिएका विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ विशेष अफर

काठमाडौं । निजी मोबाइल सेवा प्नदायक कम्पनी एनसेलले यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’ विषेश अफर ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले मात्र १ रुपैयाँमा प्रिपेड सिम खरिद गर्न सक्नेछन् ।

साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् ।

यो योजना हिजोदेखि संचालनमा आएको एनसेलले जनाएको छ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्ने कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *