काठमाडौं । रुसी अन्तरिक्षयात्रीहरुले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रको एउटा खण्डमा दरार पत्ता लगाएका छन् ।
रुसी सञ्चार संस्था रोयटर्सका अनुसार रुसी रकेट तथा अन्तरिक्ष संस्थानका प्रमुख इञ्जिनियर भ्लादिमिर सोलोभ्योभले अन्तरिक्ष केन्दको कुनै खण्डमा प्वाल परेको दाबी गरेका हुन् । अन्तरिक्ष केन्द्रमा सानो आकारमा देखिएको दरार बढ्नसक्ने समेत उनले बताएका छन् ।
सन् २०२५ सम्म अन्तरिक्ष स्टेसनमा क्षति धेरै हुनसक्ने र त्यसले असर गर्नसक्ने समेत उनको दाबी छ ।




