काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचानका लागि अध्ययन गर्ने भएको छ ।
प्राधिकरणले आर्थिक वर्ष ०७८–७९ को वार्षिक कार्यक्रममा नेपालमा भास सेवाहरुको सम्भावना पहिचानको लागि अध्ययन गर्ने उल्लेख गरेको छ ।
भास सेवाहरुको सम्भावना पहिचानका लागि अध्ययन गर्न प्राधिकरणले २० लाख रूपैयाँ छुट्याएको छ । यसले विभिन्न भास सेवाको पहिचान हुने प्राधिकरणको विश्वास छ ।




