प्रविधि

इन्स्टाग्राममा आयो लाइभ गर्न मिल्ने नयाँ फिचर

इन्स्टाग्रामले लाइभ रुमको घोषणा गरेको छ । यसमार्फत युजर्स अब कुनै पनि लाइभ बोर्डकास्टको समयमा ४ जना जोड्न सक्दछन् । पहिले इन्स्टाग्राम लाइभको समयमा एक जना युजर मात्र सहभागी गर्न सकिन्थ्यो । इन्स्ट्राग्राम लाभइ फिचरको प्रयोग कोरोना महामारीको बेला धैरै नै भएको थियो । सेलिब्रेटीहरु एक आपसमा च्याट गर्न यहि फिचरको प्रयोग गर्दथे ।

इन्स्टाग्रामले आउँदा केही महिनामा यसमा अझै परिवर्तन गर्ने जनाएको छ । यसमा इन्स्टाग्रामले लाइभलाई अझै राम्रो तरिकाले गर्न सकिने बताएको छ । इन्स्टाग्राम एपमा गएर तपाई दायाँ तर्फ स्वाइप गर्ने र लाइभ क्यामेरा अप्सनमा ट्याप गर्नुपर्ने हुन्छ ।

तपाईं आफ्नो लाइभ बोडकास्टलाई शीर्षक दिन सक्नु हुन्छ । लाइभ गर्ने युजर स्क्रीनको माथि देखिने छ । पछि तीन र मानिसहरुलाई एक एक गरी जोड्न सकिन्छ । इन्स्टाग्राम गेस्टलाई पछि जोड्ने अप्सन पनि यसले दिन्छ । कम्पनीले यसरी एकैसाथ लाइभ गर्दा युजर्सलाई धेरै मानिससम्म पुग्ने बाटो खुल्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *