काठमाडौं । न्युज २४ छाडेको केही समयपछि नै सञ्चारकर्मी रवि लामिछानेलगायतले नयाँ टेलिभिजन च्यानल खोलेका छन् । टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।
मंगलबार मेरियट होटलमा आयोजित एक कार्यक्रममा नयाँ टिभी च्यानलको घोषणा गरियो । रवि सो टिभीको म्यानेजिङ डाइरेक्टर छन्। उनले नेपालमा थप एक सञ्चार माध्यम थपिएको बताए।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन खोलेको उनले बताए। उनले केही टक शो र रियालिटी शो पनि ग्यालेक्सी फोरकेमा ल्याउने भएका छन् ।




