प्रविधि

फेसबुकले अस्ट्रेलियामा समाचारमाथि लगाएको प्रतिबन्ध हटाउने

काठमाडौँ । फेसबुकले अस्ट्रेलियामा समाचारमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । अस्ट्रेलियाले सामाजिक संम्बन्धी कानुनलाई संशोधन गर्ने बताएपछि फेसबुकले समाचारमाथि लगाएको प्रतिबन्ध आउदा दिनमा हटाउने बताएको छ ।


यसअघि विहिबारदेखि फेसबुकले अस्ट्रेलियाका फेसबुक प्रयोगकर्ताले समाचारका लिंक नदेख्ने गरि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि अहिले अस्ट्रेलियामा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय समाचार तथा केहि सरकारी वेभसाइटका पेजमा समाचार देखिदैन भने पोष्ट र सेयर गर्न समेत मिल्दैन ।

फेसबुकले सरकारसँग भएको पछिल्लो छलफल सकारत्मक भएको बताउदै समाचार प्रकाशकलाई सहयोग गर्ने सम्बन्धि नयाँ समझदारी हुने सम्भावना देखिएको छ ।

अस्ट्रेलियाले नयाँ कानुन बनाएपछि चलिरहेको विवादका बीच फेसबुकले यस्तो कदम चालेको थियो । अस्ट्रेलियाले फेसबुक, गुगल लगायतले अस्ट्रेलियाका समाचार प्रयोग गरेबापत पैसा तिर्नु पर्ने कानुन ल्याएको छ । तर फेसबुक र गुगलले भने अस्ट्रेलिया सरकारले ल्याएको कानुनसँग इन्टरनेट कसरी संचालित हुन्छ भन्ने म्याच नभएको बताउदै आएका छन् ।

अस्ट्रेलियाको तल्लो सदनले बुधबार यस्तो कानुन पारित गरेपछि फेसबुकले समाचारसहित केहि सरकारी वेभसाइटलाई प्रतिबन्ध लगाएको छ । विहिबार विहान उठ्नासाथ अस्ट्रेलियामा फेसबुक प्रयोगकर्ताले समाचार र कैयौं सरकारी पेज नखुलेको गुनासो गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *