प्रविधि

जाजरकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सञ्चार सेवाबाट वञ्चित

जाजकोट । जाजरकोटको सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याउँदा जाजरकोटका ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ ।

जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक विगत चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद भएको हो ।

टावरमा चट्याङ परेकाले मर्मत गर्न केही समय लाग्ने नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

सल्लाभीरमा टावर हेर्नका लागि कुनै पनि व्यवस्था नहुँदा पटकपटक समस्या आउने गरेको छ ।

नयाँ निर्माण गर्ने भनिएका टावर समयमै निर्माण नहुँदा समस्या थपिएको हो । यसबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पनि सञ्चार सेवा अवरुद्ध भएको छ ।

रुकुम–पश्चिमको घेत्मामा रहेको टावरलाई पनि सल्लाभीरकै टावरले सिग्नल दिने भएकाले त्यहाँको सञ्चार सेवा अवरुद्ध भएको राससले जनाएको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *