काठमाडौँ । म्यान्मारको सैनिक सरकारले शनिबार ट्वीटर र इन्स्टाग्राममाथि पनि प्रतिबन्ध लगाएको छ ।
म्यान्मारको इन्टरनेट प्रदायक संस्था टेलेनरले अर्को सूचना नभएसम्मका लागि ट्वीटर र इन्स्टाग्राम बन्द गर्न आदेश आएको बताएको छ ।
यस अघि विहिबार फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो । मानिसहरुले संचारको लागि प्रयोग गर्ने प्राय सामाजिक संजालको प्लेटफर्म प्रायोगमा रोक लगाइएको छ ।
संयुक राष्ट्र संघका प्रमुख निर्देशकले जब म्यान्मारको सौनिक कू असफल पर्ने आग्रह गरे तब म्यानमारको निर्वाचित सरकारको प्रमुख नेता तथा सांसदहरुलाई जेल हालेको म्यानमारको सेनाले सामाजिक संजाल प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
म्यानमारमा करिब ५३ मिलियन मानिसले फेसबुक प्रयोग गर्दछन् भने सोमबारको सौनिक कू पछि व्यापक रुपमा यसको प्रयोग विरोध जनाउनको लागि हुँदै आएको छ । सोमबार, कू को विरुद्धमा नागरिक समाजको अभियानमा पट तथा प्यान प्रदर्शन सामाजिक संजालमा भाइरल भएको थियो ।
अफलाइन एप ब्रिजफाईको व्यापक प्रयोग
म्यानमारका युवाहरु अहिले अफलाइन मेसेजिंग एप ब्रिजफाईको माध्यमबाट अभियान चलाउने तयारी गरिरहेका छन् । सैनिक कू पछिको दुई दिनमा छ लाख भन्दा धेरै यस एपलाई डाउनलोड गरिएको छ ।
हङकङको चीन विरोधी समूहले आफ्नो आन्दोलनको क्रममा यस एपको प्रयोग गरेको थियो । सोमबार म्यानमारको सैनिक शासकले पुरै देशमा इन्टरनेट सेवा बन्द गरेको थियो । पछि इन्टरनेट पुन सुचारु गरिएको थियो तर यसै बीच ठुलो संख्यामा ब्रिजफाई एप डाउनलोड गरिएको हो ।
सैनिक कू पछि यङ्गून र राजधानी नेयपीडो वरपरको क्षेत्रमा इन्टरनेटको सबै सेवा तथा फोन सेवा केहि समयको लागि बन्द गरिएको थियो । त्यसपछि सामाजिक कार्यकर्ताले मानिसहरुलाई ब्रिजफाई एप डाउनलोड गर्न भनेका थिए ।
कार्यकर्ताहरुले भविष्यमा सैनिक शासकहरुले इन्टरनेट बन्द गर्ने पहल लगातार उठाउन सक्ने र आपसमा संवाद कायम राख्नको लागि पहिला देखि नै तयारी गर्नुपर्ने चेतावनी दिएका थिए ।
यो एप ब्लुटुथको माध्यमबाट काम गर्दछ । यसले सन्देश आदान-प्रदानको लागि मेश नेटवर्क्सको प्रयोग गर्द्छ । यस एप सबै भन्दा धेरै ती देशहरुमा लोकप्रिय भएको छ जहाँ शासकले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएका छन् ।




