काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवालाई सरल, सुलभ र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिएका छन् ।
सिंहदरबारमा आज आयोजित इन्टरनेट सेवा प्रदायकहरू सँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले इन्टरनेट सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले जन सन्तुष्टिलाई ध्यानमा राखेर सेवा दिन इन्टरनेट सेवा प्रदायकहरूलाई आग्रह गरे।

मन्त्री गुरुङले डिजिटल फ्रेम वर्क र नागरिक एपको प्रभावकारिता अभिवृद्धिका लागि सहयोग र समन्वय गर्न पनि इन्टरनेट सेवा प्रदायक सँग आग्रह गरे।
मन्त्री गुरुङले इन्टरनेट सेवा प्रदायकहरू विभाजित नभई एकताबद्ध भएर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिएका छन्।

अन्तर्क्रियामा सहभागी विभिन्न कम्पनीका इन्टरनेट सेवा प्रदायकहरूले निजी इन्टरनेट सेवा प्रदायक सँगको सहकार्य बिना गाउँ गाउँमा इन्टरनेट पुर्याउन नसकिने भन्दै सरकारले निजी इन्टरनेट सेवा प्रदायकलाई सरकारी सरह समान अवसर दिनुपर्ने बताए।




