प्रविधि

टिकटकको विकल्प बन्दै यूट्युब शर्ट्स

काठमाडौँ।टिकटकको बढ्दो लोकप्रियता र भारतसहित केहि मुलुकमा प्रतिबन्ध भएसँगै यसको विकल्पका रुपमा धेरै एप निर्माण भएका छन् । यसैबिचमा युट्युबले पनि छोटो भिडियो एप शर्ट्समा काम गरिरहेको छ।

युट्युबले आफ्नो छोटो भिडियो एप शर्ट्सको टेस्टिङमा काम गरिरहेको छ। टेस्टिङका लागि भारतीय बजारमा यो एप उपलब्ध गराइसकिएको छ ।

निकट भविष्यमै कम्पनी यस एपलाई अन्य देशमा पनि सार्वजनिक गर्ने तयारीमा छ । ग्लोबली सार्वजनिक हुनुपूर्व युट्युबको शर्ट्स एप प्रयोगकर्ताबीच लोकप्रिय भइरहेको छ । यो एपले हाल दैनिक ३.५ बिलियन भ्यू पाईरहेको छ।

रिर्पोटका अनुसार युट्युबका सीईओ सूसन ओजोसीकीले दिएको जानकारी अनुसार विश्वभर यूट्युबको शर्ट्स भिडियो एपले ३.५ बिलियन भ्यू पाइरहेको छ । यो वर्ष भित्रै यो एप विश्वका कयौं देशमा रोलआउन गरिने पनि उनले जानकारी दिइन् ।

यूटुयुब शर्ट्स एप २०२० को सेप्टेम्बरमा सबैभन्दा पहिले भारतमा सार्वजनिक गरिएको थियो । छिट्टै नै कम्पनीले शर्ट्स एपलाई यूट्युबसँग जोड्ने योजना बनाएको छ । त्यसपछि प्रयोगकर्ताले यूट्युबमै शर्ट्स एपको भिडियो देख्न पाउनेछन् ।

हाल यूट्युब शर्ट्स एप बीटा भर्जनमा उपलब्ध छ । यसमा प्रयोगकर्ताले ६० सेकेन्डको भिडियो अपलोड गर्न सक्छन् । प्रयोगकर्ताले आफ्नो भिडियोमा मन परेको म्यूजिक पनि राख्न पाउँछन् । साथै एपमा रेकर्डिङका साथै स्पिड कन्ट्रोलको पनि सुविधा छ । यस एपमा टाइमर पनि छ । भिडियो रेकर्ड गर्दा प्रयोगकर्ताले टाइम सेट गर्न सक्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *