काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले शुक्रबारदेखि पुन: अकाउन्ट भेरिफिकेसन सुरु गरेको छ । करिब तीन वर्षदेखि ट्वीटरले भेरिफिकेसन बन्द रहेको थियो ।
ट्वीटरले छिट्टै ‘सेल्फ-सर्भ एप्लिकेशन’ रि-लञ्च गर्ने बताएको छ, जसको मद्दतले प्रयोगकर्ता अकाउन्ट भेरिफिकेसनका लागि रिक्वेस्ट गर्न सक्नेछन् ।
माइक्रो ब्लगिङ प्लेटफर्मले २०१७ नोभेम्बर १६ देखि अकाउन्ट भेरिफिकेसन बन्द गरेको थियो । ट्वीटरले पुन: सुचारु गरेको अकाउन्ट भेरिफिकेसनका लागि एक्टिभ र नोटेबल हुनुपर्ने बताएको छ ।




