प्रविधि

सरकारले आजदेखि ‘नागरिक एप’ सुरुवात गर्दै

काठमाडौं । सरकारी सेवाहरु भरपर्दो, सुरक्षित, व्यवस्थित गर्नसरकारले आजदेखि नागरिक एप सार्वजनिक गर्दैछ ।

नागरिक एपको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज नागरिक एप सार्वजनिक गर्न लागेको हो । नागरिक एपमार्फत सरकारले प्रवाह गर्ने सेवा र पहुँच सहज हुने सरकारको विश्वास छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘सरकारी निकायहरुले प्रयोगमा ल्याएका एप्सहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरी सरकारी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री तथा सरकारी कामकारवाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख छ ।

सूचना र सञ्चावर प्रविधि क्षेत्रमा भईरहेको तिव्र प्रविधिको उपयोग गरी ज्ञान तथा सूचनामा आधारित समाज तर्फ रुपान्तर गर्न नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरे बमोजिम नागरिक मैत्री सेवा प्रवाह गर्न यो एप तयार पारिएको बताइएको छ ।

नागरिक एपको आज दिनको ३ बजे मन्त्रालयमा आयोजित कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुभारम्भ गर्ने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *