प्रविधि

डोनाल्ड ट्रम्पको स्नापच्याट अकाउन्ट सधैँका लागि बन्द

काठमाडौं । गतसाता धेरै सामाजिक सञ्जालले आफ्नो प्लेटफर्मबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट ब्लक गरे । सोही क्रममा स्नापच्याटले पनि ट्रम्पको अकाउन्ट ब्लक गरेको जानकारी दिएको थियो ।

स्नापच्याटले आफ्नो प्लेटफर्ममा ट्रम्पको अकाउन्ट सधैँका लागि बन्द गरिएको जानकारी दिएको छ । “गतसाता हामीले राष्ट्रपति ट्रम्पको अकाउन्टमाथि अस्पष्ट प्रतिबन्ध लगाएका थियौं ।

त्यो विषयमा दीर्घकालिन समाधान के हुन्छ भन्नेबारे मूल्याङ्क गरेर स्थायी रूपमा बन्द गरेका छौं,” स्नापच्याटले भनेको छ, “सार्वजकि सुरक्षा, गलत सूचना फैलाउने उनको प्रयास, घृणात्मक भाषण, उत्तेजित पार्ने गतिविधि हाम्रो नीति नियमभन्दा विलकुल विपरीत भएकाले उनको अकान्ट स्थायी रूपमा बन्द गरिएको हो ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *