प्रविधि

टर्कीका राष्ट्रपति कार्यालयमा ह्वाट्सएप बहिस्कार

फेसबुकको स्वामित्वमा रहेको म्यासेन्जिङ्ग एप ह्वाट्सएप को नयाँ गोपनीयता सम्बन्धी नीतिप्रति धेरै नै विवाद हुन थालेको छ । टर्कीको राष्ट्रपति रेचेप तैय्यप एर्दोआनको मिडिया विभागले पनि ह्वाट्सएप को नयाँ यस नीति पश्चात यस एपलाई नै बहिस्कार गर्ने निर्णय गरेको हो ।

अलजजिरा न्यूज च्यानलको रिपोर्टका अनुसार राष्ट्रपति कार्यालयका अधिकारीहरुले आइतवार ह्वाट्सएप बाटै सम्प्रेशित जानकारीमा यस्तो सूचना दिइएको हो । सोमबारबाट पत्रकारहरुलाई टर्की कम्युनिकेशन कम्पनी तुर्कसेलको म्यासेन्जर एप BiP मार्फत सूचना दिइने छ ।

WhatsApp ले यही साता आफ्नो प्राइभेसी पोलिसीमा फेरबदलको जानकारी दिएको थियो । WhatsApp ले नयाँ सर्तहरु मार्फत युजर्सको डाटा, फेसबुक र उसका अन्य एपहरु जस्तै इन्स्टाग्राम/म्यासेन्जरमा पनि शेयर गर्न सकिन्छ ।

यसमार्फत युजर कन्ट्याक्ट र प्रोफाइलमा रहेका डाटाका जानकारी पनि शेयर हुने जनाएको छ । यद्दपि म्यासेजेसको कन्टेन्ट अझै एनक्रिप्टेड नै हुनेछ । WhatsApp युजर्सलाई ८ फेब्रुवरीको मिति भन्दा नयाँ प्राइभेसी पोलिसी एक्सेप्ट गर्नुपर्ने हुन्छ ।

अहिले टर्कीमा ट्वीटरमा ह्यास्ट्याग #DeletingWhatsapp ट्रेन्ड हुन थालेको छ । टर्कीको सरकारी मिडियाका अनुसार टर्की कम्पनीको एप BiP २४ घण्टामा नै १० लाग युजर्स भइसकेका छन् । BiP का संसारभर कूल ५.३ करोड युजर्स रहेको बताइएको छ ।

नोभेम्बर महिनामा टर्कीले फेसबुक ट्वीटर र इन्स्ट्राग्राममा सामाजिक मिडिया सम्बन्धी बनाइएको कानूनको उलङ्घन गरेमा ठूलो मात्रा जरिवाना बुझाउनु पर्ने नियम लगाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *