प्रविधि

ट्वीटरले ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगायो

काठमाडौं । सामाजिक संजाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ ।

यसअघि पनि ट्वीटरले ६ जनवरीमा डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि प्रतिबन्ध लगाइदिएको थियो । तर शुक्रबार अर्को नोटिस जारी गर्दै ट्रीटरले स्थायी रुपमै बन्द गरिदिएको हो । अब ट्रम्पले कुनै पनि पोष्ट गर्न पाउने छैनन् ।

ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *