बीबीसी । सोसल साइट ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ ।
बुधबार संसद् भवन( क्यापिटल बिल्डिङ) मा भएको हिंसालाई समर्थन गर्दै चुनाव सम्बन्धी ट्विट गरेपछि अकाउन्ट बन्द गरिदिएको सोसल साइट ट्विटरले जनाएको छ । ट्रम्पकाे @realDonaldTrump account ट्विटर अकाउन्ट बन्द गरिदिएकाे हाे।
ट्विटरले भनेको छ, “वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्विट हटाउनुपर्नेछ । यो ट्विट हाम्रो नीति विपरीत रहेका छन् ।”
ट्विटरले आफ्ना् नीति विपरीतलगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ ।
ट्रम्पले प्रदर्शनकारीलाई घर फर्कन आग्रह गर्नुअघि आइ लभ यू भनेका थिए ।




