प्रविधि

टेलिकमले ल्यायो यस्तो आकर्षक अफर

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना एफटीटीएच सेवाका ग्राहकहरुका लागि एफटीटीएच–जाडोमा न्यानो अफर ल्याएको छ ।

अफरअनुसार टेलिकमले २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकहरुलाई दैनिक ३०० एमबी डाटा उपलब्ध गराउने छ । साथै एफटीटीएच जडानका लागि आवश्यक सिपिइ र १०० मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुनेछ । याे अफर बुधबारबाट कार्यान्वयनमा आइसकेको छ ।

त्यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत *1416# डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३०० एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् ।

नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिंदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएकाे छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस लगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *