प्रविधि

पोस्टपेड फोन बिलिङमा देखिएको समस्या समाधान

काठमाडौँ । नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा देखिएको समस्या समाधान भएको छ ।

बिलिङका कारण मंगलबार रातिदेखि सेवाग्राहीको पोस्टपेड मोबाइल सेवाहरुमा आउट गोइङ कलमा समस्या देखिएको थियो ।

प्रत्येक महिनाको १५ तारिखमा बिल जारी हुने र सो क्रममा केहि फोनहरुमा समस्या आउने गरेको भएपनि यो पटक बढि नै समस्या देखिएको बताईएको छ।

यसले गर्दा नेपाल टेलिकमको पोस्टपेड फोनको सेवामा समस्या देखिएको थियो । यसका कारण मंगलबार रातिदेखि सेवाग्राहीको पोस्टपेड मोबाइल सेवाहरुमा आउट गोइङ कलमा समस्या भएकोमा हाल समाधान भईसकेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

प्रत्येक महिनाको १५ तारिखमा बिल जारी हुने र सो क्रममा केहि फोनहरुमा समस्या आउने गरेको भएपनि यो पटक बढि नै समस्या देखिएको बताईएको छ।

‘मासिक बिल पनि जारी हुनेहुँदा रातीदेखि केहि समस्या भएको थियो । तर बिहान ११ बजेपछि सबै समाधान भईसकेको छ,’ प्रवक्ता जोशीले भने ।

टेलिकमको पोस्टपेड मोबाइल सेवामा पटक पटक समस्या आउने गरेको छ भने सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।

त्यसैगरि टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने यस्तो गुनासो हुने गरेको भन्दै कम्पनीले नियमितरुपमा सो बारेमा सेवाग्राहीहरुलाई सूचना दिईरहेको बताए ।

केहि समयअघि मात्र कम्पनीले पोस्टपेड शुल्कमा पनि रेण्टल चार्ज सेवा उपलब्ध भएको जानकारी दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *