काठमाडौँ । टेक जाइन्ट गुगलमा समस्या आएको छ ।गुगलको जिमेल, युट्युबर, गुगल ड्राइभ, गुगल प्लेस्टोर र गुगल डकुमेन्टमा समस्या आएको छ ।
गुगलका सबै उत्पादनहरुको सर्भरमा समस्या आएको हो । अहिले विश्वभर मै गुगलमा समस्या आएको देखिएको छ । सामाजिक संजालमा गुगल डाउन र युट्युब डाउन ह्यासट्याग ट्रेण्ड हुन थालेको छ ।गुगलले आधिकारिकरुपमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।




