केही देशहरुमा बन्द गरिएको टिकटकको लोकप्रियता झन् भन्यो झन् बढ्दै गएको छ । चीनमा बनेको यो एपले यो बर्ष सबैभन्दा धेरै डाउनलोड भएर नयाँ रेकर्ड कायम गरेको छ ।
एप एनीको रिपोर्टका अनुसार टिकटक टप डाउनलोड भएको एपहरुको लिस्टमा दर्ज भएको छ । सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड गरिएको एप्सहरुको लिस्टमा दोस्रो नम्बरमा फेसबुक रहेको छ ।
डाटा एनालिटिक फर्म एप एनीले मोबाईल बिक्रेताहरुको आधारमा बर्षेनी रिपोर्ट जारी गर्ने गरेको छ । यसको आधारमा सबैभन्दा धेरै डाउनलोड भएको एपहरुको लिस्टमा टप–५मा चार चार एपहरु फेसबुकका एपहरु रहेका छन् । तेस्रो नम्बरमा व्हाट्एप, चौथोमा जूम, पाँचौंमा इन्स्ट्राग्राम रहेको छ । छैठौं नम्बरमा फेसबुकको म्यासेन्जर रहेका छन् । जूम यो वर्षको सबैभन्दा लोकप्रिय एप हो । यो एप पनि टप ५ मा पर्न सफल भएको छ ।
गुगलको गुगल मिट एप सातौं नम्बरमा रहेको छ । त्यसैगरि स्न्यापच्याट, टेलिग्राम र लाइकी रहेका छन् । खासमा यो डाटा जनवरी महिनाबाट नोभेम्बर २०२० सम्म डाउनलोट गरिएका एपहरुको रहेको छ । यो डाटा गुगल प्ले स्टोर र आइओएस एप स्टोर डाउनलोड गरिएका एपहरुबाट लिइएको हो । एप एनीका अनुसार कोरोना वाइरस महामारीको कारण मोबाइलको प्रयोग गर्नेहरु पहिले भन्दा बढेका छन् ।

रिपोर्टका अनुसार मानिसहरु अब पहिलेभन्दा धेरै मोबाइलमा समय बिताइरहेका छन् । यसबाट व्यापारिक रुपमा एपहरुबाट धेरै फाइदा भएको छ । यसको ज्वलन्त उदाहरण जूम एपलाई लिन सकिन्छ । २०० प्रतिशतसम्म यसको वृद्धि भएको रिपोर्टमा जनाइएको छ ।
यो रिपोर्टमा आइओएस र गुगल प्लेमा मानिसहरुको समय पनि २० प्रतिशतले बढेको पाइएको छ । पछिल्ला वर्षहरुको तुलनामा यो पटक यी एपहरुको मूल्यमा पनि बृद्धि भएको छ ।
अचम्मको कुरा त डेटिङ एप टिन्डरमा मानिसहरु सबैभन्दा धेरै समय बिताएका पाइएको छ । किनकी यो एपको खपत गतिलाई हेर्ने हो भने १ नम्बरमा रहेको छ । गेमिङ फ्रि फायर पनि यो वर्ष सबैभन्दा धेरै डाउनलोड भएको गेम एप हो । पबजी मोबाइल भर्सन भने चौथो नम्बरमा छ ।




