काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आएको छ । फेसबुक र इन्स्टाग्रामको च्याटमा समस्या देखिएपछि प्रयोगकर्ताहरुले गुनासो गरेका हुन् ।
बिहीबार विहानैदेखि समस्या सुरु भएको संसारभरका प्रयोगकर्ताहरुले गुनासो गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । डाउन डिरेक्टर नामक बेवसाइटले गत २४ घण्टादेखि फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या रहेको दावी गरेको छ । उसका अनुसार सबैभन्दा धेरै म्यासेन्जर रिसिभिङमा समस्या देखिएको छ । कनेक्टिङ सर्भरमा पनि समस्या आएको छ ।
मेजेन्सरमा ५१ प्रतिशत म्यासेज रिसिभमा, ३१ प्रतिशत कनेक्टिङ सर्भर र १७ प्रतिशत लगइनमा समस्या देखिएको हो । यसअघि एघार, बाह्र र वीस नोभेम्बरमा पनि लगातार म्यासेन्जरमा समस्या आएको थियो ।
त्यस्तै, इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको छ । इन्स्टाग्रामको न्युज फिडमा ५८ प्रतिशत, स्टोरीमा २२ प्रतिशत र पोस्टिङमा १८ प्रतिशत समस्या देखिएको छ ।





