राजनीति

कांग्रेस प्रदेशसभा सदस्यको दशैँ भत्ता पुनको आविष्कार केन्द्रलाई हस्तान्तरण

हेटौंडा । नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेकाका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्। कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले दशैँ भत्तावापत पाउने रु ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट रु एक लाख चार हजार ४०० हस्तान्तरण गरे ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ । यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *