प्रविधि

फेसबुकले कोरियालाई तिर्ने भयो जरिवाना

काठमाडौं । हिन्दुस्तान टाइम्स टेकका अनुसार दक्षिण कोरियाको व्यक्तिगत सुरक्षा संरक्षण आयोगले बुधबार फेसबुकलाई अरूको व्यक्तिगत सूचना चुहावट गरेको आरोपमा ६० लाखभन्दा बढी अमेरिकी डलर जरिवाना लगाएको हो।

फेसबुकले कोरियाका १ करोड ८० लाख फेसबुक प्रयोगकर्तामध्ये ३३ लाख प्रयोगकर्ताको व्यक्तिगत जानकारी उनीहरूको सहमतिविनै अन्य अपरेटरहरूलाई दिएको आरोप छ। यो कार्य २०१२ मेदेखि २०१८ जुनसम्म भएको हिन्दुस्तान टेकले लेखेको छ।

जब कसैले फेसबुकको लग–इन मार्फत अर्कै अपरेटरको सेवा प्रयोग गर्छन्, तब ती प्रयोगकर्ताका व्यक्तिगत जानकारी उनीहरूको सहमति बिनै फेसबुकले अन्य अपरेटरलाई प्रदान गरेको व्यक्तिगत सुरक्षा संरक्षण आयोगको भनाइ छ।

यसका लागि कोरियाको व्यक्तिगत सुरक्षा संरक्षण आयोगले फेसबुकविरूद्ध आपराधिक अनुसन्धान नै सुरू गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *