प्रविधि

चिनियाँ स्मार्टफोन शाओमी रेडमी नोट१४ करोड बढी युनिट विक्यो

काठमाडौं । चिनियाँ स्मार्टफोन उत्पादक शाओमीले आफ्ना रेडमी नोट श्रृंखला स्मार्टफोन विश्वव्यापी १४ करोड भन्दा बढी युनिटहरू बेचेको घोषणा गरेको छ ।

बजार अनुसन्धान कम्पनी ओमडियाका अनुसार नोट ८ फोनहरु पहिलो त्रैमासमा २०२० मा दोस्रो सबैभन्दा बढी विक्री हुने फोन भएको छ।

गत अक्टोबरमा कम्पनीले विश्वव्यापी रेडमी नोटको बिक्री १० करोडमा पुर्‍याएको थियो र यस वर्ष मार्चमा उनले ११ करोड यूनिट बिक्री माईलस्टोन मनायो। रेडमी नोट ८ श्रृंखला –जसमा नोट ८, नोट ८ टी, र नोट ८ प्रो समावेश छ ।

गत मे २०२० मा ३ करोड बिक्रीमा पुगेको थियो र दुबै भेनिला र प्रो मोडलहरू सन् २०१९ को चौथो त्रैमासमा विश्वव्यापी रूपमा बेचेका शीर्ष १० स्मार्टफोनमध्ये दुई थिए।

रेडमीले यस बर्ष मार्चमा नोट ९ सिरिज घोषणा गर्‍यो, तर कम्पनीबाट कुनै बिक्री आंकडा आएको छैन् ।

रेडमीले सोही सिरिजमा नै नोभेम्बर २४ लाई लाइनअपमा दुई थप सदस्यहरू थप्न अपेक्षा गरिएको छ जसमा रेडमी नोट ९ फाइभजी र रेडमी नोट ९प्रो फाइभ जी हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *