प्रविधि

इन्टरनेटको पहुँच नभएका विद्यालयलाई स्व–अध्ययन सामग्री वितरण

लेटाङ । उत्तरी मोरङको लेटाङ नगरपालिकाको १ नं. वडाका ६ वटा सरकारी विद्यालयमा आइतबार स्व–अध्ययन सामग्री वितरण गरिएको छ ।


कोरोना भाइरस कोभिड १९ को कारण बिद्यालय बन्द भएपछि उत्तरी मोरङका विकट गाउँहरूमा पठन पाठन ठप्प थियो । बैकल्पिक शिक्षा प्रदान गर्ने आधुनिक प्रणालीको पहुँचमा नपुगेको नगरको वडा नं. १ मा स्वअध्ययन साग्री वितरण गरेसँगै पठन पाठनको ढोका खुलेको छ । शिक्षक र अभिभावकबाट बालबालिकाहरुलाई अध्यापन गराउने शिक्षण बिधि स्वअध्ययन शिक्षण सामग्री नगरप्रमुख शङ्कर राईले बिद्यार्थीलाई हस्तान्तरण गर्दै सुरुवात गरेका छन्।

बिषम परिस्थितिमा बिद्यालय बन्द हुँदा समेत बालबालिकाको पढाईलाई निरन्तरता दिने उदेश्यले बिद्यार्थीलाई स्व–अध्ययन सामाग्री बितरण गरिएको हो । पहिलो चरणमा परिक्षणको लागि लेटाङ नगरपालिका वडा नम्बर १ र पहाडी ग्रामीण बिकास संस्था उत्तरी मोरङ, हर्डनको ग्रामीण शिक्षा परियोजनाले संयुक्त रुपमा लेटाङ १ का सामुदायिक बिद्यालयहरुमा अभियान सञ्चालन गरेका हुन् ।

लेटाङ १ को साग्मा मा.बि. मा वडामा रहेका सामुदायिक बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अभिभावकहरुलाई अनुशिक्षण कार्यक्रम गरी कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई स्व–अध्ययन सााग्री बितरण गरी अभियान सुरु गरिएको हो ।

बैकल्पिक माध्यमको रुपमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले वेबसाईड मार्फत ४५ दिनमा सम्पन्न गर्न सकिने स्व–अध्ययन सामग्री राखेको छ । तर, ईन्टरनेटको पहुँचभन्दा बाहिर रहेका बालबालिकाले सो सुविधा लिन नसकेपछि नगरको वडा नं. १ र हर्डनको संयुक्त लगानीम पुस्तक छपाएर विद्यार्थीलाई बितरण गरी अभियानको सुरु गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *