अर्थ

वायरलेस ब्रोडब्यान्ड सेवा सञ्चालन गर्न अनुमति दिँदै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपालमा पनि वायरलेस ब्रोडब्यान्ड सेवा सञ्चालन हुने भएको छ । यो सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकणले सेवाप्रदायक कम्पनीहरूलाई अनुमति दिने तयारी थालेको छ । यसबाट आइपी टेलिफेनी इन्टरनेटका आधारमा आइपीटीभी, इन्टरनेट मोबाइललगायतका सेवा उपलब्ध हुनेछन् ।
वायरलेस ब्रोडब्यान्डबाट वाइम्याक्स (ताररहित डिजिटल सञ्चालन प्रविधि) बाट जत्तिकै सुविधा पाइने प्राधिकरणले जनाएको छ ।
सेवा प्रदायक कम्पनीहरूलाई लाइसेन्स दिने अख्तियारीका लागि प्राधिकरणले केही समयअघि सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा निवेदन पेस गरेको थियो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट अनुमति आउने लगभग निश्चित भइसकेको जानकारी दिए । मन्त्रालयबाट अनुमति पाउनासाथ प्राधिकरणले फ्रिक्वेन्सी सेटअपको काम सुरु गर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *